Logo

गण्डकी सरकारद्वारा करिब ३३ अर्बकाे बजेट सार्बजनिक



पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि करिब ३३ अर्बकाे बजेट प्रस्तुत गरेका छन् । सरकारले रूपैयाँ ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेकाे हाे ।

अर्थमन्त्री डा. टकराज गुरुङले आज प्रदेशसभामा बजेट सार्वजनिक गर्दै चालुतर्फ रूपैयाँ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ रूपैयाँ १९ अर्ब ५१ करोड ७९ लाख विनियाेजन गरिएकाे सुनाए । बजेटकाे यो आकार कुल बजेटको चालुतर्फ ३९.९१ प्रतिशत तथा पुँजीगततर्फ ५९.१९ प्रतिशत रहेकाे छ ।

सरकारले वित्तीय व्यवस्थापनका लागि रूपैयाँ ३ करोड विनियोजन गरेकाे छ । यो कुल बजेटको ०.९० प्रतिशत हाे । आगामी आवमा रूपैयाँ १ करोड ७६ लाख ११ हजार प्रदेश संचित कोषमाथि व्यवभार हुने आकलन गरिएकाे छ ।

आगामी आर्थिक वर्षकाे खर्चकाे स्रोतमा वित्तीय समानीकरण अनुदानबाट रूपैयाँ ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रूपैयाँ ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट रूपैयाँ ४८ करोड १० लाख रहेकाे छ ।

यस्तै सशर्त अनुदानतर्फ रूपैयाँ ३ अर्ब १० करोड ११ लाख तथा समपूरक अनुदानतर्फ रूपैयाँ १ अर्ब १९ करोड रहेकाे छ । विशेष अनुदानतर्फ रूपैयाँ ६५ करोड ५५ लाख प्राप्त हुने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता