Logo

टेबलटेनिसमा जयस्नुलाई तीन स्वर्ण



पोखरा, जेठ ३१ गते । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।

पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेश्रो भए ।

गल्र्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीकाद्वय सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेश्रो भए ।

टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ ब्वाइज/गल्र्स गरी ५६ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता