Logo

सद्गुरुदेव श्री मदन बाबा ज्यूको ४५औं जन्मोत्सव सम्पन्न



तुलसीपुर,जेठ ३१ । अनन्त परम्-उध्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूको ४५औं जन्मोत्सव मनाईएको छ ।

बुधवार तुलसीपुर उपमहानगरपालिका -१९ स्थानगाउँमा सद्गुरुदेव श्री मदन बाबा ज्यूको परम्-सानिध्यतामा रक्तदान कार्यक्रम गरी मनाईएको हो ।

श्री मदन बाबा भक्ति केन्द्र केन्द्रीय समिति काठमाडौंले आयोजना गरेको सो कार्यक्रममा उदघाटन ब्यानरको अनावरण र सद्गुरुदेव श्री मदन बाबा स्वयमंले रक्तदान गरि मनाईएको हो ।

बाबा को ४५ औं जन्मोत्सवको अवसरमा ३० र ३१ गते साँझ महा-आरती गरि हर्ष उल्लासका साथ मनाउन नेपाल अधिराज्यको विभिन्न जिल्लाबाट पाल्नुभएका ४५ जना शिष्य, भक्तजन श्री शम्भुहरुले रक्तदान गर्नु भएको थियो ।

सद्गुरुदेव श्री मदन बाबा ले जन्मोत्सव विशेष कार्यक्रममा सम्पुर्ण शिष्य, श्री शम्भु र भक्तजनलाई आशिर्वाद कृपा प्रदान गर्नुभयो ।

त्यस्तै जन्मोत्सवको अवसर पारेर ३१ गते श्री मदन बाबा भक्ति केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन पनि गरिने श्री मदन बाबा भक्ति केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष मन्जु जि. एम. ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता