Logo

यू १५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा



काठमाण्डौं, २९ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने यू–१५ विद्यालयक खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिगता बुधबार पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए । ‘विद्यालय बाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू–१५ विद्यालयक खेलकुद हुन लागेको छ । यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्टहरु भने आजैदेखि सुरु भइसकेको छ ।’ सदस्य–सचिव शर्माले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागि हुनेछन् । प्रत्येक प्रदेशबाट समान ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुने छन् ।
प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरुमा खेल संख्यालाई बढाउदै लैजाने शर्माले जानकार दिए ।
प्रतियोगिता आयोजक कमिटीका सदस्य राजकुमार कार्कीले ओलम्पिकमा खेलिने खेल, विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश एथलेटिक्स बाहेकका खेलललाई पनि प्रवद्र्धन गर्नुपर्ने भएकोले अहिले ६ खेल छनोट गरिएको बताए । ‘फादर अफ स्पोर्ट्स एथ्लेटिक्स मुख्य खेल भएकोले समावेश गर्नु पर्‍यो । ओलम्पिकमा समावेश हुने गेमहरु, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका बाहेक अरु खेललाई पनि आयोजना गर्नुपर्छ भन्ने योजना अनुसार अहिले हामीले गण्डकी प्रदेशसंग समन्वय र छलफल गरेर नै ६ खेल राखेका हौँ ।’

नेपाल विद्यालयक खेलकुद महासंघका महासचिव समेत रहेका कार्कीले स्कुलस्तर देखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहींबाट भविष्यमा ओलम्पियन जन्मने धारणा व्यक्त गरे ।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालमा छात्र/छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६–६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४–४, बुद्धिचालमा ४ खेलाडी सहभागी हुने छन् । रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०–१० खेलाडी सहभागी हुनेछन् ।

पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद् गण्डकीका सदस्य–सचिव शर्माले जानकारी दिए । ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भइसकेको छ ।

प्रतियोगिता सञ्चालन गर्न कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ । त्यसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँकी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले व्यहोर्ने सदस्य–सचिव शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता