Logo

श्री केश हेयर ओयल का बिषयमा गलत प्रचार भयो भन्दै पत्रकार सम्मेलन



काठमाण्डौं,जेठ २८ । श्री केश हेयर ओयल का बिषयमा गलत प्रचार भयो भन्दै सप्तऋषि ओयल एण्ड कस्मेटिक इन्डष्ट्रीले पत्रकार सम्मेलन गरेको छ । सोमबार नयाँबानेश्वरको एभरेस्ट होटेलमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका म्यानेजिङ डाइरेक्टर टिकाराम बुढाथोकीले पछील्लो समय बिभिन्न मिडिया र सामाजिक संजालमार्फत आफ्नो कम्पनीबाट उत्पादित श्री केश हेयर ओयल बारे गलत प्रचार गरिएको गुनासो पोखे ।

३२ जडिबुटीको मिश्रण गरिएको श्री केश हेयर ओयल नेपाल सरकारको निति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त गरी ट्रेडमार्क समेत प्राप्त गरेको कम्पनीका एमडी बुढाथोकीले बताए ।

तेलमा प्रयोग गरिएको कच्चा पदार्थ र जडिबुटीहरुले कपालको सुरक्षा,पोषण र उपक्षरमा सहयोगीका साथै गुणस्तरिय र उपयोगी रहेको प्रस्ट पारे ।

स्वदेश मै उत्पादन हुने हुँदा जडिबुटी संकलक,किसान,जडिबुटी बिक्रेता उधोगमा काम गर्ने कर्मचारी,बिक्रीबितरणमा काम गर्ने कर्मचारी गरी सयौंले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरी आएको पनि बताए ।

नेपाल सरकारले सहुलियत कर्जा,अनुदान,प्राविधिक सहयोग,छुट एवमं जडिबुटीखेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराइ,पहाड र हिमाली क्षेत्रमा जडिबुटी खेती गर्ने योजना रहेको एमडी बुढाथोकीले भने ।

श्री केश हेयर ओयलले कपाल पलाउने र कपाल बलियो बनाउने भन्दै बिक्रीबितरण गर्दै आएको छ । पछील्लो समय केही संचारमाध्यम र कलाकार राखेर झुटो प्रचार गरेको भनि बिवादित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता