Logo

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता



दिल्ली,जेठ २८ । भारतको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी श्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा सम्माननीय प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उहाँको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।
त्यसअघि सम्माननीय प्रधानमन्त्री अन्य विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँगै भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सरिक हुनुभएको थियो ।
त्यसैगरी सपथ ग्रहण समारोहमा पाल्नुभएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गर्नुभएको रात्रीभोजमा पनि सम्माननीय प्रधानमन्त्री सरिक हुनुभयो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता