Logo

पोखरा इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ महोत्सव हुने



काठमाण्डौं,जेठ २७ । इन्जिनियरिङ भनेको नयाँ सोच र आइडियालाई मूर्त रुप दिने प्रक्रिया हो । यसका लागि विद्यार्थीहरुले पढेर मात्रै हुदैँन भने प्राध्यापकहरुले पढाएकै भरमा पनि पुग्दैन। त्यस्ता प्रतिभाहरु विद्यार्थीहरुमा लुकेर बसेका हुन्छन्, विद्यार्थीहरुमा भएका प्रतिभाहरुलाई प्रस्टफुटन गर्न एउटा माध्यमको आवश्यकता पर्दछ।

हो, त्यस्तै प्रतिभाहरुलाई सोचबाट निकालेर बास्तविकतामा ढाल्न को लागि पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुको माझबाट निर्वाचित साझा संस्था स्वतन्त्र विद्यार्थी परिषद्ले यहीं मिति २०८१ सालको असार १ र २ गते इन्जिनियरिङ महोत्सवको रुपमा ‘ यन्त्र ‘ नाम दिएर कार्यक्रम गर्दै छ। उक्त कार्यक्रममा विद्यार्थीहरुका अनेकन् प्रतिभाहरु प्रस्टफुटन गर्ने माध्यम त छ नै तर यसका अतिरिक्त उक्त कार्यक्रममा विभिन्न वर्कसपहरु, टेक्निकल टकसो, वैचारिक बहस, टेक्निकल संवाद, अनुभव साटासाट , विभिन्न खेलकुदहरु, साहित्यक साझँ, साङ्गितिक सन्ध्याहरु पनि आयोजना हुने विषयको जानकारी पोखरा इन्जिनियरिङ कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययन गर्नुभएका विद्यार्थी सुन्दर पाैडेलले जानकारी दिनुभयो।

असारको १ र २ गते हुने यन्त्र कार्यक्रम पोखरामा नै पहिलोपटक आयोजना हुन गईरहेकोले नेपाल देश भरि कै इन्जिनियर र आर्किटेक्टहरुलाई पोखरामा निमन्त्रणा गरेको पनि जानकारी दिनुभएको छ। यसै कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय सभापति डा. हरि बहादुर दर्लामी तथा महासचिव ई. रवि भुषण झा आउनुहुने कार्यक्रम रहेको छ। उहाँहरु लगायत उक्त कार्यक्रममा नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक ई. उमेश थानी, गोरखाका पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दिपक बाबू कंडेल, नेपाल इन्जिनियर्स एसोसिएसन कै केन्द्रीय पदाधिकारी , पोखरा विश्वविद्यालयका विभिन्न प्राध्यापकहरु, पोखराको सहरी विकासको विषयका जानकार किसान सिंह गुरुङ लगायतका व्यक्तिवहरु कार्यक्रममा आउने तय भइसकेको छ। इन्जिनियर पेसा कै नेपालका हस्तिहरु पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मिस नेपाल शृंखला खतिवडालाई समेत निमन्त्रणा गरिएको बुझिएको छ। कार्यक्रम २ दिनको भएकाले विद्यार्थीहरु मात्रै नभइ अभिभावकहरुलाई समेत निमन्त्रणा गर्ने गरि तयारी भइरहेको विषयसमेत पाैडेलले जानकारी दिनुभएको छ।

यन्त्र कार्यक्रम पोखरामा भने पहिलोपटक स्वतन्त्र विद्यार्थी परिषद्को पहलमा पोखरा इन्जिनियरिङ कलेजमा हुन लागेको हो , उक्त कार्यक्रममा अन्तरक्रिया कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन , विश्वविद्यालय र प्राईभेट कलेज , इन्जिनियरको कथा, नेपालमा इन्जिनियरको यर्थाथ र इन्जिनियर तथा आर्किटेक्ट भन्ने विषयमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम हुने छ भने टेक्निकल टकमा पोखरा इन्जिनियरिङ कलेज देखि लोकसेवासम्म यात्रा, इन्जिनियर देखि मेयरसम्मको यात्रा, वैदेशिक यात्रा र इन्जिनियर जीवन, समकालीन समयमा आर्टिफिसिल इन्टेलिजेन्टको भूमिका, इन्जिनियरिङ जीवन र महिला, संवाद तथा लिडरसिप क्षमता जस्ता विषयमा हुने छन् भने खेलकुदहरु तर्फ अन्तरकलेज बास्केटबल प्रतियोगिता, अन्तर कलेज इ स्पोर्ट्स, चेस तथा टेवलटेनिस प्रतियोगिता हुने जानकारी दिनुभएको छ। यति मात्रै नभइ विभिन्न फोटोग्राफी, मोडलिङ्ग, लाइभ आर्ट, हाजिरी जवाफ, आइडिया हन्ट, सोलो म्युजिक तथा हेकाथोन हुने छन्। यस्तैगरी वर्कसपमा पोटफोलियो वर्कसप, पब्लिक स्किपिङ्ग वर्कसप, इमेल व्यवस्थापन वर्कसप तथा व्यक्तिगत डाटा व्यवस्थापन वर्कसप आयोजना हुने छ। कार्यक्रममा विद्यार्थीहरुबाटै फुड स्टलहरु तथा गेमिङ्ग स्टलहरु पनि राख्ने गरि व्यवस्थापन भइरहेको छ।

२ दिनको कार्यक्रम भएकाले विद्यार्थीहरुलाई ५ बजेपछि पहिलो दिन साहित्यक साझँ र नृत्य प्रतियोगिता गरिएको छ भने दोस्रो दिनमा प्रसिद्ध साङ्गितिक समूह ल्याउने तयारी भइरहेकोसमेत आयोजकले बताएको छ। कार्यक्रम व्यवस्थापनमा पोखरा इन्जिनियरिङ कलेजका सबै विद्यार्थीहरु लागिरहेको छ सोमबार उक्त कार्यक्रमको प्रि कार्यक्रमसमेत आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता