Logo

झोलुङ्गे पुलमा अड्किएका खच्चडहरुको उद्दार, दुईको मृत्यु



अछाम,२७ । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको छ।

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए।

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

 

खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता