Logo

अछाम र दैलेख सिमामा पर्ने झोलुङ्गे पुल चुंडिदा १४ खच्चड जालिमा अड्किए



दैलेख,जेठ २७ । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा पुलमै फसेका छन् ।

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए ।

प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन् । लठ्ठा चुँडिदा १४ वटा खच्चरहरु एकातर्फ ढल्किएको पुलको जालीमा खुट्टाहरु अडिएका छन् । स्थानीय डिलबहादुर थापाका अनुसार अहिलेसम्म खच्चडको उद्दार हुन सकेको छैन । खच्चडको अधिकभारले अर्को लठ्ठा पनि चुँडिने अवस्थामा रहेको उनले बताए ।

खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए । उनले राकमबाट पठाइएको टोली घटनास्थलमा पुगिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता