यी ५ राशिकाे चम्किनेछ भाग्य हेर्नुहोस् आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रियसाथीसँग भेटघाट होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावस्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ । यात्राको सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै, रमाइलो यात्राको पनि योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढ्नुका साथै काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।