Logo

इरानका राष्ट्रपति इब्राहिम रैसीको उदग्रबिमान (हेलिकोप्टर )दुर्घटनामा मृत्यु ,पाँच दिने सार्वजनिक शोकको घोषणा



इरानका राष्ट्रपति इब्राहिम रैसीको उदग्रबिमान (हेलिकोप्टर )दुर्घटनामा मृत्यु भएको छ ।

इरानी सरकारी संचार माध्यमका अनुसार इरानी राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानको दुर्गम उत्तरपश्चिममा आइतबार भएको उदग्रबिमान(हेलिकप्टर) दुर्घटनामा मारिएका छन् ।

इरानको पूर्वी अजरबैजान प्रान्तमा आइतबार भएको उदग्रबिमान दुर्घटनामा राष्ट्रपति इब्राहिम रैसी ,विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियान र अन्य सात जनाको मृत्युप्रति इरानी सरकारले शोक व्यक्त गरेको छ।

इरानका कार्यवाहक राष्ट्रपति मोहम्मद मोख्बरले राष्ट्रपति इब्राहिम रैसीको मृत्युको घोषणा गरेपछि सोमबार विधायक र न्यायिक शाखाका प्रमुखहरूसँग “असाधारण बैठक” गरेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

इरानले सबै सांस्कृतिक र कला गतिविधिहरू सात दिनका लागि रद्द गरेको छ । राष्ट्रपति इब्राहिम रैसीको निधनपछि इरानमा सबै सांस्कृतिक र कला गतिविधिहरू सात दिनका लागि स्थगित गरिएको संस्कृति मन्त्रालयले सोमबार घोषणा गरेको छ। रैसीको ६३ वर्षको उमेरमा उदग्रबिमान (हेलिकप्टर ) दुर्घटनामा निधन भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपति इब्राहिम रैसीलाई “उत्कृष्ट राजनीतिज्ञ” को रूपमा वर्णन गर्दै उनको मृत्युलाई “अपूरणीय क्षति” भएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै इरान समर्थित लडाकु समूह हमास, हुथी र हजबुल्लाहले रैसी को मृत्युमा तेहरानमा शोक सन्देश पठाएका छन्।

इरानी राष्ट्रपतिको निधनमा लेबनानले तीन दिने शोकको घोषणा गरेको लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले जानकारी दिएका छन् ।

उदग्रबिमान दुर्घटनामा राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री र अन्य सात जनाको ज्यान गएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले पाँच दिने सार्वजनिक शोकको घोषणा गरेका छन्।

इरानको राज्य समाचार सँस्थाहरूद्वारा पठाइएको सन्देशमा खामेनीले मृत्युहरूमा शोक व्यक्त गरेका छन् । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरले अहिले कार्यकारी शाखाको व्यवस्थापन गरिरहेको पुष्टि गरे।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता