Logo

नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने



काठमाण्डौं,जेठ ४ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टिमलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिदाई गरेका छन् ।

नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए । रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो र पदमबहादुर थाडा मगर रहेका छन् । प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् ।

शनिबारदेखि सुरू हुने विश्व कपमा कुल २१ राष्ट्रको सहभागीता रहनेछ । नेपाल डिभिजन वानमा रहेको छ । जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता