Logo

सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले टी–२० विश्वकप खेल्न अमेरिका पठाउने



काठमाण्डौं,जेठ २ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता