उच्च अदालत बाट सन्दिप लामिछानेले पाए सफाइ

ललितपुर,जेठ २ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।