१ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने

काठमाण्डौं,जेठ १ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजी क्षेत्रको समेत सहभागितामा सातै प्रदेशमा विजनेश इकुभेशन सेन्टरको स्थापना गरिने बताए । यस्तै आर्थिक वर्षभित्र १ हजार युवालाई स्टार्टअफ विजनेशमा सहभागि गराउन सहुँलियपूर्ण कर्जाको व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए ।