‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा
काठमाण्डौं,जेठ १ । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् । महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ ।
कार्यक्रम वाचन गर्दा संसद्मा हाँसोको फोहोरा छुटेको थियो ।महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ ।