१४औं नर्सिङ सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्द्वारा उद्घाटन

काठमाण्डौं,बैशाख ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।