Logo

गिरीबन्धु चिया बगान सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित,भनि फैसला गरेपछी मेयर बालेनले लेखे यस्तो स्ट्याटस



काठमाण्डौं,बैशाख ३० । काठमाण्डौंका मेयर बालेन शाह ले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत महानगरपालिकाका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद दिएका छन् ।

उनले झापा स्थित गिरिबन्धु चिया बगान अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्ने बिषयलाई लिएर सर्वोच्च अदालतले गरेको फैसलाको बिषयलाई लिएर महानगरपालिकाका कानुनी सल्लाहकार अर्याललाई धन्यवाद दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन “एउटा मान्छेको इमानदारीताले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस। झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ। अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ । यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ । अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ ।

देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोहि हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता