जुम्लामा ब्लड बैंक स्थापना

जुम्ला,बैशाख २९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि ब्लड बैंक स्थापना गरिने भएको हो ।
अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा कर्णाली प्रतिष्ठानमा ब्लड बैंक स्थापना हुने प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए । उनका अनुसार ब्लड बैंक स्थापनाका लागि अमेरिका नेपाल मेडिकल फाउण्डेसनले एक करोड २२ लाख बराबरको सहयोग गर्ने निर्णय गरेको छ । फाउण्डेसनको सहयोगमा जुम्लामा ब्लड बैंक खोलिने भएको छ ।
कर्णालीका १० र सुदुर पश्चिमका ३ जिल्ला गरि १३ जिल्लामा विशषज्ञ सेवा प्रवाह दिदै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लडक बैंक नहुँदा विरामीले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै (एएनएमएफ)ले ब्लड बैंक स्थापना एक करोड २२ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठान स्थापनाको डेढ दशक सम्म पनि ब्लड बैंक स्थापना गर्न सघ प्रदेशको ध्यान पुग्न सकेन् । जसका कारण गाउँबाट उपचार गर्न आउने,पहुँच नभएका विपन्न विरामी निकै कठिनाई भोग्नु परेको थियो ।
यद्दपी , अहिले पनि जुम्लामा ब्लड बैंक नहुँदा विरामीले सेना,प्रहरी,यूवा गुहार्नु पर्ने बाध्यता छ । सहजै रगत नपाउँदा कतिपय विरामीले सास्ती खेपेका छन् । रजिष्टार महत भन्छन्,’जुम्लामा ब्लड बैंक स्थापना हुनु निकै खुसीको कुरा हो । दुर्गमको समस्या बुझ्दै सहयोगको प्रतिबद्दता जनाउने फाउण्डेन प्रति आभारी छौ ।ब्लड बैंक स्थापनापछि कर्णाली नागरिक अब रगतका लागि भौतारिनु पर्ने छैन् ।’
रगत अभावकै कारण विरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ । पश्चिम नेपालकै स्वास्थ्य भरोसा मानिएको प्रतिष्ठानमा ब्लड बैंक स्थापना गर्न नागरिकबाट पहिलेदेखि आवाज उठ्दै आएको थियो । समिति स्रोतले गर्दा ब्लड बैंक संचालन गर्न नसकेको प्रतिष्ठानलाई फाउण्डेसनले करोडौ लगानीमा ब्लड बैंक खोलिदिने भएको छ ।
अहिले पनि जटिल खाले रोगको उपचारका लागि जहाजमा नेपालग्जबाट रगत ल्याउनु पर्ने बाध्यता छ । जिल्लामा भनेकै बेला गुरुप मिल्ने रगत नपाउने समस्या उस्तै छ । ब्लड बैक स्थापनापछि कर्णाली प्रतिष्ठानमन उपचार गर्न आउने विरामीले रगत खोजीका लागि खेप्नु पर्ने सास्तिको अन्त्य हुने प्रतिष्ठान स्रोतले जनाएको छ ।