Logo

नेपाली बक्सिङ टाेली स्वदेश फर्किए



काठमाण्डौं,बैशाख २८ । काजकिस्थानकाे राजधानी आस्ताना शहरमा अप्रिल २७ देखि मे ७ सम्म सन्चालन भएकाे एएसबिसी एशियन यू-२२ र युथ बक्सिङ प्रतियोगितामा सहभागी नेपाली बक्सिङ टाेली स्देश फर्किएका छन् ।

४८ केजी ताैल समुहमा नेपाली मुक्केबाज लाल प्रसाद उप्रेती मंगाेलियन मुक्केबाज ओट्गाेन्बायर तुभ्शिन्जायसंग ५:० अंककाे आधारमा पराजित भए भने २०२२ मा थाईल्याण्डकाे राजधानी बैंकक शहरमा सम्पना एएसबिसी एशियन यू 22 बक्सिङ प्रतियोगितामा ४८ केजी ताैल समुहमा दितिय हुन सफल नेपाली मुक्केबाज सुस्मा तामाङ ४८ केजी ताैल समुहमा मंगाेलियन मुक्केबाज संग (स्प्लीट) अंककाे आधारमा पराजित भएकी थिईन ।
पहिलाे पटक अन्तरास्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी नेपाली मुक्केबाज रमिसा श्रेष्ठ ईन्डियन मुक्केबाज तमन्नासंग ५० केजी ताैल समुहमा (उनानिमस) अंककाे आधारमा पराजित भएकी थिईन । नेपालीबाट सहभागी सबै खेलाडीले क्वाटर फाईनल बाउट खेलेका थिए ।

नेपाली टाेलीकाे प्रशिक्षकमा आईबिए वान स्टार काेच सुजित कुमार पुन मगर र रेफ्री/जजमा आईबिए टु रेफ्री/जज धनकुमार मैनाली सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता