Logo

बीएनए कप बास्केटबल आजदेखि



काठमाण्डौं,बैशाख २८ । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा जम्मा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बीएनएका प्रिन्सिपल टंकुमार चापागाईंले जानकारी गराए । सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ तथा जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले बताए । सिनियर ब्वाइज र गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ । तीनै विधाका सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड तथा जुनियर ब्वाइजमा गोल्डेनपिक डिफेन्डिङ च्याम्पियन हुन् । सिनियर गल्र्सको थ्री बाइ थ्री पहिलोपटक हुन लागेको हो ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बीएनएका स्कुल कोर्डिनेटर सन्तोष फुयालले जानकारी दिए । प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

पहिलो दिन सिनियर ब्वाइजमा २० तथा जुनियर ब्वाइजमा ३ गरी जम्मा २३ खेल हुनेछ । २०७१ सालदेखि सुरु भएको प्रतियोगिताको २ संस्करण कोभिडका कारण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता