Logo

सदस्य–सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबीच भेट



काठमाण्डौं,बैशाख २८ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, डेभलोप्मेन्ट नाडो (नेसनल एन्टी डोपिङ अर्गनाइजेसन) तथा रिजनल एन्टी डोपिङ अर्गनाइजेसन (राडो) रिलेसन क्यानाडाकी यिङ कुइ, दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ अर्गनाइजेसन (साराडो) का महानिर्देशक माल्दिभ्सका मोहम्मद सरिफ र साराडोका प्रतिनिधि माल्दिभ्सका हुसैन मोहम्मदबीच भेट भएको छ ।

सो अवसरमा सदस्य–सचिव घिसिङले आफू ‘क्लिन स्पोर्ट्स’ मा प्रतिबद्ध रहेको बताउदै आगामी दिन राष्ट्रिय खेल संघ, प्रशिक्षक र खेलाडीलाई एन्टी डोपिङ बारे अझ सचेत गराउन प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल भ्रमणमा रहेका एन्टी डोपिङका प्रतिनिधिले नेपालले एन्टी डोपिङको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै आफ्नो प्रमुख उद्देश्य सदस्य राष्ट्रलाई सहयोग गर्नु रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता