Logo

‘सन्दीपलाई न्याय दे’ भन्दै माइतीघरमा प्रदर्शन



काठमाण्डौं,बैशाख २६ । क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । ‘सन्दीपलाई न्याय दे’ जस्ता नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍याली समेत निकालेका थिए ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् ।

यसअघि मंगलबार लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै वक्तव्यबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता