Logo

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्ने



काठमाण्डौं,बैशाख २६ । प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले सपथ ग्रहण गराउने भएका छन्।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ। शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउनेछन्।

गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता