Logo

आज देशभर यस्तो रहने छ मौषम



काठमाण्डौं,बैशाख २६ । नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायुका अतिरिक्त भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ।

जसका कारण पछिल्लो २४ घन्टामा देशका अधिकांश भागमा हल्कादेखि भारी वर्षा भयो। अहिले बिहान पनि पश्चिमदेखि पूर्वसम्मका धेरै भागमा वर्षा भइरहेको छ।

पछिल्लो १ घन्टामा डोटीमा ४.४ मिलिमिटर वर्षा भएको छ। गोरखाको सेतीबास केन्द्रमा ४.६, गोरखामा ३.६, लम्जुङको खुदीमा १.६, सिराहामा ०.६ मिलिमिटर वर्षा भएको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू—भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन सहित चट्याङपर्ने र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता