Logo

सदस्य–सचिव घिसिङद्वारा टेनिस खेलाडी अभिलाषाको खेल यात्रा बारे चासो



काठमाण्डौं,बैशाख २५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले महिलातर्फ नेपाल नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्टलाई मंगलबार भेट गरी उनको खेल यात्रा बारे जानकारी लिएका छन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले अभिलाषा विष्टको खेल करियरको सुरुआत, भावी योजना, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धी र अनुभव, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदाको समस्या, राखेपले गर्न सक्ने सहयोग, प्रशिक्षण लगायतका विषयमा जानकारी लिएका थिए ।

अभिलाषा डब्लुटीएफमा १३७० वरीयता तथा आईटीएफ महिलातर्फ ९६ वरीयता प्राप्त खेलाडी हुन् । ७ वर्षको कलिलो उमेरदेखि टेनिसमा करियर सुरु गरेकी अभिलाषा बुरुन्डीमा २०७९ सालमा भएको डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ३२ खेलाडी हुने ‘मेन ड्र’ मा प्रवेश गरेकी थिइन् । नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसमा कुनैपनि नेपाली खेलाडी ‘मेन ड्र’ मा प्रवेश गरेको त्यो नै पहिलो पटक हो । ३२ को ‘मेन ड्र’ मा २० खेलाडी सोझै तथा ४ खेलाडी वाइल्ड कार्ड मार्फत छनोट भएका थिए । बाँकी ८ खेलाडी ३२ खेलाडी सहभागी क्वालिफाइङ राउन्डमा जित हात पार्दै ‘मेन ड्र’ मा प्रवेश गरेका थिए । तिनै ८ खेलाडी मध्ये अभिलाषा पनि हुन् ।
सदस्य–सचिव घिसिङले खेलाडी जीवन चुनौतीपूर्ण भएपनि खेलेर के हुन्छ भन्नेको जवाफ कानूनमै पुरस्कारको व्यवस्था गरी राखेपले दिन खोजिरहेको बताउदै अभिलाषाको उपलब्धी र खेल यात्राको प्रशंसा गरे । उनले अभिलाषाको अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागितामा राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता