सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला

काठमाण्डौं,बैशाख २५ । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो ।
विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।
उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।