Logo

संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार,के सम्भव छ त ?



काठमाण्डौं,बैशाख २५ । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताएका छन् । मंगलबार सिंहदरबारमा शीर्ष नेताहरूसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले मंगलबारको छलफलले २८ गतेदेखि सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार पारेको दाबी गरे । उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए ।

सभामुख घिमिरेले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुने र कतिपय संसदबाट हुने बताए । उनले संसद्लाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरू यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता