Logo

रास्वपा संसदीय दलको बैठक बस्दै,बर्खे अधिवेशन बारे छलफल हुने



काठमाण्डौं,बैशाख २५ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ।

संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ। आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने सचेत डाँगीले बताइन्। त्यस्तै पार्टीको संसदीय काम कारबाही बारे पनि छलफल हुने जनाएको छ । यस्तै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्। इन्दिरा रानामगर उपसभामुख भएकाले बैठकमा २० जना सांसदको सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता