Logo

कती पुग्यो नेपालको जनसंख्या ? राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा तथ्याङ्क सार्वजनिक



काठमाण्डौं,बैशाख २३ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचकहरूअनुसार नेपालमा २ करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ ।

जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पनि तल रहेको छ । कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलका अनुसार यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो ।

२०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसङ्ख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए ।

नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो ।

नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता