Logo

एपीएफ टिम च्याम्पियन



काठमाण्डौं,बैशाख २३ । नेपाल एपीएफ क्लबले प्रगम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले ५ स्वर्ण र २ रजत जित्यो ।
दोश्रो भएको नेपाल प्रहरीले ५ स्वर्ण र २ कांस्य हात पार्यो । तेश्रो स्थानको नेपाल आर्मीले ६ रजत र ४ कांस्य हात पार्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको पुरुषमा एपीएफका रोहित चुनारा र महिलामा प्रहरीकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ललितपुरमा भएको दुईदिने प्रतियोगितामा करिब १ सय खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता