Logo

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास



काठमाण्डौं,बैशाख २३ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले पौडी पोखरी क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमकट्टेलले सो पूर्वाधारको शनिबार एक कार्यक्रमबीच सिलान्यास गरे । गौरीटार हाताभित्र उक्त पूर्वाधार बन्न लागेको हो ।

दस लेनको पौडी पोखरी २५ गुणा ५० मिटरको हुनेछ । सो पौडी पोखरी छेउमै २५ गुणा १० मिटरको प्रशिक्षणका लागि पनि पौडी पोखरी बन्ने छ । कुल लागत ६ करोड ९६ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका    छन् । पहिलो चरणमा २५ गुणा ५० मिटरको पुल बनाइने छ ।

क्रिकेट रंगशालाको लागत ७६ करोड रहेको बताइएको छ । पहिलो चरणमा मैदानसहित ६ सय जना अट्ने ब्लक बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता