नायक पल शाह र एरोना मल्लको “यो सोझो पल्कियो” बोलको गीत बजारमा ( भिडियो सहित )

काठमाण्डौं,बैशाख २२ । नायक पल शाह र एरोना मल्लको अभिनयमा यो सोझो पल्कियो बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा किरण गजमेर र उषा गजुरेलको स्वर रहेको छ भने लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले शब्द, संगीत गरेका हुन् ।
गीतको भिडियोमा मनोज राजभण्डारीको निर्देशन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन, मनोज राजभण्डारीको सम्पादन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित नायक पल शाह र एरोना मल्लको अभिनय रहेको छ । यस गीतलाई उषा गजुरेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।