Logo

सुर्खेतको मालपोत कार्यालयमा आगलागी आगलागीबाट जिन्सी शाखामा रहेका सरसामान जलेर नष्ट



सुर्खेत,बैशाख २२ । सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो । आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता