Logo

बागमती सिँचाइ आयोजनाको मुख्य संरचना तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु



जनकपुर,बैशाख २२ । बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज)को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार नहुँदा ब्यारेजको संरचना समाप्त हुने खतरा थियो ।

सर्लाही तथा रौतहटका किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउँदै आएको सो आयोजनाले सम्बन्धित किसान तथा जलउपभोक्ता समितिको संयुक्त बैठकको निर्णयानुसार सो आयोजनाको ब्यारेजसहित संरचनाको मर्मतसुधार कार्य सुरु भएको हो । आयोजनाको विशेष पहलमा ३० जलउपभोक्ता समिति तथा किसानको बैठकले तत्काल सिँचाइका लागि दिँदै आएको पानी बन्द गर्ने निर्णयसमेत गरेको छ ।

सो आयोजनामा तीन सय कर्मचारी कार्यरत छन् । आयोजनाको चालु आर्थिक वर्षमा रु ८३ करोड बजेट रहेको छ । सो आयोजनाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ६० प्रतिशत भएको इन्जिनियर चौधरीले जानकारी दिए । यसअघि २०५० सालमा गएको बाढीबाट आयोजनामा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता