Logo

व्यक्ति तोकेर होइन, समग्र छानबिन गर्न गृहमन्त्री पनि तयार हुनुहुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाण्डौं,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ । समिति गठन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनको पछिल्ला दुई वटा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बजेट अधिवेशन २८ वैशाखमा बोलाइएको छ । तर कांग्रेसले बैठक चल्न दिने वा नदिने प्रष्ट नभएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

शनिबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा व्यक्ति तोकेर नभई समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने सकिने बताएका हुन् । तस्बिर: प्रदिप राज वन्त । प्रमको सचिवालय ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता