Logo

अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्ने एक जना पक्राउ



बुटवल,बैशाख २२ । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् ।

महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटक–पटक जबरजस्ती करणी गर्नुका साथै करिब ५ करोड रकम समेत लगेको पीडितको दाबी छ ।
बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय गुरुङ पक्राउ परेपनि प्रहरी हिरासतमा नभई उपचारको लागि भन्दै भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् ।

आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त गुरुङले पैसाको आडमा प्रहरी र सरकारी वकिलसँग चलखेल गरेको भन्दै पीडित महिलाले न्याय नपाइने हो कि भन्ने आशंका लागेको गुनासो गरेकी छन् । ‘पीडक पक्षका वकिलले २४ दिन अस्पताल बस्ने, प्रहरी र सरकारी वकिललाई ५०–५० लाख दिएर मुद्दा आफ्नो पक्षमा पारी २५औं दिनमा घर आइन्छ भन्दै खुलेयाम बताएका छन्,’ पीडित महिलाले भनिन्, ‘पीडकको वकिलले भनेजस्तै निज गुरुङ सुविधासम्पन्न निजी अस्पतालको क्याबिनमा बसेर चलखेल गरेकाले थप पीडा र आशंका भएको छ ।’ समाचार अनलाइन खबरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता