Logo

विस्कनसिनमा बिद्यालयमा गोली हान्ने व्यक्ति प्रहरीद्वारा मारिए



अमेरिका,बैशाख २० । अमेरिकाको विस्कनसिनमा बिद्यालयमा गोली हान्ने धम्की दिने व्यक्ति प्रहरीद्वारा मारिएको प्रहरीले बताए । बिद्यालय ठूलो दुर्घटनाबाट जोगिएको छ ।

प्रहरी अधिकारीहरूले बिद्यालयमा गोली हान्ने दिने व्यक्तिलाई गोली हानी ढालेका छन् ।

अधिकारीहरुका अनुसार बुधबार बिहान म्याडिसन, विस्कन्सिनको पश्चिममा रहेको एक माध्यमिक विद्यालयमा उक्त घटना भएको थियो । विद्यालय भित्रका मानिसहरूलाई कुनै पनि चोटपटक नलागेको बताइएको छ।

बिहान ११ बजेको केही समय पछि विद्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा एक सक्रिय बन्दुकधारी बिद्यालयको परिसरमा देखा परेको लेखेका थिए । काउन्टीको आपतकालीन व्यवस्थापनले संदिग्धसँग राइफल भएको जानकारी दिए।

विस्कन्सिन महान्यायाधिवक्ता जोश कौलले बुधबार साँझ एक पत्रकार सम्मेलनमा बल प्रयोग गरिएको र संदिग्धको मृत्यु भएको बताए ।

कौलले घटना पछि धेरै अधिकारीहरू बिदामा रहेको जानकारी दिए । “उनी बाहिर थिए र विद्यालयमा प्रवेश गरेनन्,” कौलले भने। संदिग्ध व्यक्तिले विद्यालय भित्र पस्ने प्रयास गरेको वा गोली चलाएको हो कि भनेर उनले जानकारी नदिएको सिबिएसन्यूजले जनाएको छ ।

संदिग्धको अझै पहिचान हुन सकेको छैन, तर कौलले नाबालिग र विद्यालय जिल्लाका विद्यार्थी भएको बताए।

प्रत्यक्षदर्शीले बन्दुकको आवाज सुनेको र दर्जनौं बालबालिका दौडिरहेको देखेको बताए । सम्पूर्ण बिद्यालय परिसरमा तालाबन्दीमा राखिएको थियो । अभिभावकहरूलाई साथ उनीहरुलाई पछि छोडिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता