Logo

इंग्ल्याण्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न खेलाडी बेलायत प्रस्थान



काठमाण्डौं,बैशाख २० । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् ।

हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित ६ जना अफिसियल भने आज बिहान ११ बजेपछि बेलायत प्रस्थान गर्दैछन् । विदेशी लिग खेल्न इन्डोनेसियामा रहेका रोहित चन्द भने उतैबाट बेलायत जाने एन्फाले जनाएको छ ।

बेलायत जानका लागि २३ खेलाडीसहित ३० जनाको मात्र भिसा प्राप्त भएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले ३० सदस्यीय टोली बाहेक ५ भीआईपी र अन्य १५ गरी थप २० जनाको लागि पनि भिसा प्रक्रिया अघि बढाएको थियो । तर ३० जनाको मात्र भिसा आएको हो । बाँकी २० जनाको भिसा आएको छैन ।

नेपाली टोली मंगलबारै उड्ने कार्यक्रम थियो । तर, भिसा आउन ढिलाई भएपछि बेलायत प्रस्थान पनि प्रभावित हुन पुगेको हो ।

नेपालले यही मे ६ (वैशाख २४ गते) मा इंग्ल्याण्ड सी टिमसँग एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा खेल्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता