Logo

बुढानीलकण्ठ खेलकुद महोत्सव : वडाव्यापी फुटबल प्रतियोगिता सुरु



काठमाण्डौं,बैशाख २० । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ औपचारिक रुपमा मिति २०८१ वैशाख १९ देखि २२ गतेसम्म संचालन हुँदैछ ।

खेलकुद महोत्सवमा समेटिएका कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन गरी ९ खेल मध्य फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

नगरपालिकाका १३ वटैवडाका फुटबल समुहले भाग लिएको प्रतियोगिताको नकआउट चरण हिजोबाट सुरु भएको हो । प्रतियोगिताको खेलकुद संयोजक सुमन तामाङले उद्घाटन गर्नुभएको थियो ।

हिजो संचालन भएका ४ वटा खेल मध्य वडा नं ०१ र ०६ ले पहिलो खेल खेलेको थियो । जसमा गोल १-१ को बराबरीमा रोकियो र टाई ब्रेकर पेनाल्टि सुटआउटमा वडा नं ०१ ले ०६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै वडा नं ०४ र वडा नं ०२ बिच भएको प्रतिस्पर्धामा वडा नं ०४ ले ०२ लाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

वडा नं ०३ र वडा नं १३ विच भएको तेस्रो खेल गोलरहित ०-० को अवस्थामा टाई ब्रेकर पेनाल्टि सुटआउबाट वडा नं ०३ विजयी हुन सफल भयो ।

साथै पहिलो दिनको अन्तिम खेल वडा नं ०९ र वडा नं ०८ विच वडा नं ०९ ले ३-० को फराकिलो गोलअन्तरबाट वडा नं. ०८ लाई पराजित गरेको थियो ।

महोत्सवमा फुटबल प्रतियोगिता २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता