भारतकै ठूलो लक्जरी ब्रान्ड आईटीसीले साँगामा १ अर्ब लगानीको लक्जरी रिसोर्ट संचालनमा ल्याउँदै
काठमाण्डौं,बैशाख १९ । भारतको सबैभन्दा ठूलो ‘ब्रान्ड’ आईटीसी होटल ग्रुप पहिलो पटक नेपाल भित्रिने भएको छ। हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आईटीसीले भक्तपुरको साँगामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो।
विभिन्न देशका ८० स्थानमा ११५ वटा होटलको हस्पिटालिटी म्यानेज गरिसकेको आईटीसी ग्रुपले नेपालमा कमल जैनको लगानीमा निर्माण गरिएको ‘फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा’को हस्पिटालिटी व्यवस्थापन गर्न लागेको हो।
फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा ३२ रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो। रिसोर्ट जग्गाबाहेक १ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको हो।
पहिलो चरणमा रिसोर्टमा ६७ वटा रुम सञ्चालनमा ल्याइने आईटीसी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीप पुरीले जानकारी दिए।
उनका अनुसार दोस्रो चरणमा त्यसलाई बढाएर १५० वटा बनाइनेछ। रिसोर्टमा नेपालकै सर्वोत्कृट स्पाको सुविधा हुनेछ। फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा साँगा मन्दिर बनाउने कमल जैनको लगानीमा निर्माण गरिएको हो।
होटलका प्रवन्ध निर्देशक समिर एमसीले वेलनेस स्पाको उद्धघाटन गर्न पाउँदा निकै खुशी भएको बताए। भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सु?वात नेपालमा गर्न पाउँदा निकै हर्षित छौं, एमसीले भने दक्षिण एसिया र नजिकका अ? देशह?मा पनि उपस्थिति बढाउदै जाने छौं।
फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेह?का लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास उनले लिएका छन्।
रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग,ट्रिटमेन्ट रुम, सौना,स्टिम रुम,जिम,आकर्षक दृश्य दृखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरु उपलब्ध छन्। स्पा थेरापिष्टहरुको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरु र शरीर,दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरु प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरु प्रदान गर्ने जनाएको छ।
शाकाहारी खानाका पारखीहरुलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारणका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध छन्। साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु रिसोर्टमा उपलब्ध हुने छ। थुप्रै फराकिलो व्याङ्क्वेटहरु रहेको रिसोर्टमा वैवाहिक गन्तव्यका लागि उत्तम गन्तव्य रहेको छ।
रिसोर्टमा ८ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फक्सन क्षेत्र र ११ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ। यो सबै कुराले रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य हुन सक्ने विश्वास छ। रिसोर्टमा एक साथ ६०० जना पाहुनाहरु अट्ने जनाएको छ।
काठमाडौंबाट २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा रिसोर्ट सञ्चालनमा रहेको छ।