मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास लिएको छु : प्रम प्रचन्ड

काठमाण्डौं,बैशाख १९ । १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु भएको छ ।
शुभकामना ब्यक्त गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले “मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणका रूपमा मनाइने १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास लिएको छु । ” भन्नु भयो ।
तस्बिर प्रदिपराज वन्त / प्रधानमन्त्रीको सचिवालय