Logo

कर्णालीका मुख्य मन्त्रीले गरे मन्त्रिपरिषद बिस्तार



सुर्खेत,बैशाख १८ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री थप गरेका छन् ।

तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् । उनले सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाएका छन् ।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता