Logo

बझाङ प्रदेश सभा १ मा कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिन्दै एमालेका दमनबहादुर भन्डारी २० मतले अगाडी



बझाङ,बैशाख १७ । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए ।
तर, फेरि एमालेले २० मतले अग्रता लिएको छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् । राप्रपाका किशोर खड्काले २३७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता