Logo

आज देखी सिंहदरबार गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने



काठमाण्डौ,बैशाख १७ । अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए । त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता