Logo

धादिङको किराञ्चोक रणकालिका मन्दिर क्षेत्र धार्मिक तथा एतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै



धादिङ,वैशाख १६ । धादिङ जिल्ला गल्छी गाउँपालिका ४ मा रहेको किराञ्चोक भगवती (रणकालिका) मन्दिर क्षेत्रलाई धार्मिक तथा एतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गल्छी गाउँपालिका तथा स्थानीयहरु सकृय भएका छन् । वि.सं १२०० मा यो स्थानमा भएको मानिएको यो कालिका भगवतीको मन्दिरमा पृथ्वीनारायण शाह नुवाकोट जाक्रमणमा पराजित भए पछि किराञ्चोक कालिका माताको आराधना गरी रणमा जाँदा बाइसे चौबिसे राज्यहरूलाई पराजित गर्दै एकीकरणकर्ता बनेकोले कालिञ्चोकबाट यस मन्दिरको नाम रणकालिका रहन गएको विश्वास छ ।

पहिले यो क्षेत्र किराँतहरुले राज्य गरेको र किराँतचोकबाट अपभ्रमश भई किराञ्चोक रहन गएको भन्ने जनश्रुतिले यस मन्दिरको एतिहासिकता झल्किने पुरातत्व विभागका पूर्व इन्जिनियर एवं स्थानीय बासिन्दा धु्रब अधिकारीको धारणा छ । काठमाडौंमा बस्ने किराञ्चोकका स्थानीय तथा पुरातत्व विभागको सहयोगमा २०७१ देखि कालिका मन्दिर पुनः निर्माण शुरु गरिएको थियो । २०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निमांण, अन्य गुरुयोजना अनुरूपका निर्माण कार्यले धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक विकास एवम् पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षक बन्दै गएको छ ।

काठमाण्डौं चितवन राजमार्गको मास्टारबाट माथि डाडाँमा रहको यस स्थानबाट त्रिसुली नदी,धादिङ र मकवानपुरका विभिन्न गाउँबस्तिहरु देख्न सकिन्छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर निर्माण भएपछि यसको प्रचार प्रसार गर्न पालिका तथा मन्दिर व्यवस्थापन समिति खटिरहेको यसको उचित प्रचार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्ने इन्जिनियर अधिकारीको धारणा छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले धादिङ र खासगरि त्रिसुली नदी जल पर्यटनको रुपमा परिचित रहेको अवस्थामा यसलाई समग्र पर्यटकीय गतिविबधीमा जोड्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना रहको बताउनु भयो ।

गाउँ पालिकाका अध्यक्ष केदारनाथ खतिवडाले यो क्षेत्र धार्मिक तथा एतिहासिक क्षेत्र भएकोले यसको विकास र विस्तार र प्रवद्र्धनको लागि पर्यटन बोर्ड र पुरातत्व विभागसंग सहयोगको अपेक्षा गरिएको बताउनु भयो । स्थानीय मनिदर समितका अध्यक्ष शंकर बहादुर भण्डारीले मन्दिर निर्माणमा पुरातत्व विभागको सहयोगमा मसन्दर निर्माण भइसकेकोले यसको प्रर्वद्धनको लागि बोर्डको सहयोग आवश्यक रहेको बताउनु भयो ।

यसैबीच शनिवार स्थानीय जनप्रतिनिधी,पुरातत्व विभागका पूर्व अधिकारी, पर्यटन बोर्डका अधिकारी, स्थानीय समाजसेवी तथा गाउँलेहरुको सहभागितामा रणकालीका मन्दिर क्षेत्रलाई कसरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अन्तरक्रियामा सहभागीहरुले एतिहासिक महत्वको यो क्षेत्रमा थप पर्यटकीय पूर्वधार निर्माण गर्दै पर्यटकीय गतिविधि बढाउन सकिने धारणा राखेको शिक्षाविद तथा स्थानीय अगुवा शिव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता