Logo

कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा विजयी



काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता