Logo

जापानमा उकेश र टार्जनलाई काश्य



काठमाडौँ, १५ वैशाख । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । .
टार्जन .कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा काश्य पदक जित्नुभएको हो । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गर्नुभएको थियो । २४ देशको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्नुहुनेछ ।

यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास गर्नुहुनेछ । प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने भनाइ राख्नुभएको छ ।

जापानको ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता