Logo

भिलाषा र सुनिरा फाइनलमा



काठमाण्डौं,बैशाख १४ । अभिलाषा विष्ट र सुनिरा थापा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा अभिलाषाले आध्या पौडेललाई ६–१ र ६–२ तथा सुनिराले समृद्धि महर्जनलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे । प्रदीपले प्रणव खनाललाई ६–३ र ६–२ तथा प्रणवले ऋतिक राणालाई ७–५ र ७–६ को सेटमा हराए ।

मिक्स डबल्समा प्रदीप खड्का र महिका राणाको जोडीले आइशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडीलाई ६–२ र ७–५ तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडीले भगवती विक र सुमन लामाको जोडीलाई ६–० र ६–१ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–० र ६–१ तथा सन्तोष खत्रीले अनिल साइलाई ६–२ र ६–३ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए । ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाहको जोडीले जीवन घिमिरे र शिवप्रसाद सेढाईंको जोडीलाई २–६, ६–३ र ११–९ तथा कमल थापा र छ्याम्बा धुन्डुपको जोडीले चन्द्र शाही र सोमबहादुर लालचनको जोडीलाई ६–२ र ६–३ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ र सिमान्त गुरुङको जोडीले सन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–४, ३–६ र १०–४ तथा जितेन्द्र परियार र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडीलाई ७–६ र ६–३ ले हराउदै फाइनलमा पुगे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता