मुख्यमन्त्री कंडेलले नपाउने कांग्रेसको विश्वासको मत बिपक्षमा मत हाल्ने
सुर्खेत,बैशाख १३ । । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताए ।
‘मुख्यमन्त्रीज्यूले कर्णालीको समृद्धि र राजनीतिक स्थायित्वका लागि भन्दै हामीसंग पनि विश्वासको मत माग्नुभयो’, उनले भने, ‘तर उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौं ।’